Monday 28 November 2011

गल्ली गल्ली हात हेर्न जान्नेहरु बसेका छन्
आफु ज्ञानी अरु मुर्ख ठान्नेहरु बसेका छन्|
बस् आफु द्र्हो भइ अघि बड्न सक्नुपर्छ
चारैतिर यहाँ त खुट्टा तान्नेहरु बसेका छन् |
सद््भावना राखे पनि धर कहाँ पाईन्छ र?
.शान्तिजुलुस् माथि ढुङ्गा हान्नेहरु बसेका छन्|
एक दुई छन् इमानमा बाच्नेहरु यस धर्तीमा
बाँकी कालो धनले जीवन धान्नेहरु बसेका छन्||
पत्र लेख्न सही नाम र ठाम हुनपर्छ
मन जित्न विश्वासिलो काम हुनपर्छ |
गर्मी याम पोले पनि जाडो याममा
न्यानो छर्ने रापिलो घाम हुनपर्छ |
खानै नहुने फल त फलेर क गर्नु?
. सबैले रुचाउने स्वादिलो आम हुनपर्छ |
गुनासो गर्छन् पुस्तक बिक्दैन भनी
पुस्तक बिक्न सुहाँउदो दाम हुनपर्छ ||

बड्नु पर्छ लक्ष्य लिएर एकै ठाउमा टोल्नु हुन्न 
भित्री कुरा भने मनको सबै ठाउमा खोल्नु हुन्न ।
दर्पन भनी साहित्यलाई सबैले नै त मानेको छ
साहित्यको माध्यमले बिष चाँही तर घोल्नु हुन्न ।
उदाङो जती नै बनाए नि समाजको दिनचर्यालाई
.श्लीलसँग अश्लिलतालाई कहिले पनि मोल्नु हुन्न ।
चेलीबेटी हुनसक्छन नि वरीपरी दर्शक माझमा
बोल्नु पायो भन्दैमा जे पायो त्यही बोल्नु हुन्न ।
बड्नु पर्छ लक्ष्य लिएर एकै ठाउमा टोल्नु हुन्न

भित्री कुरा भने मनको सबै ठाउमा खोल्नु हुन्न ।

Sunday 27 November 2011

यदि पुरुष भएकोमा घमन्ड गर्छौ भने .......
पहिले आफ्नी आमाप्रति गर्व गर .......
कविता मर्न हुँदैन

वर्षौदेखि थला परेको मेरो कविता
गाडा घाउले कुजिएर बसेको मेरो कविता
छेउमा पुग्नै नसकिने आलो पिप गन्हाएर
. अरे! म पनि कति हुस्सु,
पिप पनि आलो हुन्छ र?
त्यो त भित्र भित्रै कुहिसकेको हुन्छ,
आलो र तातो त रातो रगत पो हुन्छ
तर बिडम्बना,
मेरो कविता आलो रगत गन्हाउन सक्दैन
न कि तातोको आभाष गराउन सकेको छ
बस! ऊ त गूडुल्किएर् सुतेको छ
नुनिलो आशुको घुट्को पिएर
एउटा कुनामा अफालिए झै
सशंकित तुल्याएर सबै सबैलाई
"अब त्यो कति दिन बाच्ला र?"
मेरो मनको अधेरीमा जुनको प्रकाश
छरिदेला साचेर मैले जन्माएको मेरो कविता
प्रकृति जस्तै रहस्यमय बनिदिदा
म भित्रको 'म'-त्व आज हारिरहेछ
अँह! मेरो कविता मर्न हुँदैन
म मर्न दिन्न मेरो कविता
कविता! ए कविता! उठ!
तैले बिक्षिप्त आशुमा काडे तार लाउन बाँकी छ
निष्पट्ट कालोको बिरुद्ध लाल्टिन बालेर
बिद्रोहको फोहरा छुटाउन छ
सरिता बनी पल पलमा
बर्तमान बगाउनु छ आफु बगेर
ए कविता! चाडो उठ
ओजपूर्ण अक्षरले बनिएको
अर्थयुक्त शब्दको खुराक तलाई खुवाउछु
ब्यङ्यको जलपले तलाई श्रिङार्छु
सरल शैलीले मनमोहक बनाउछु
ता कि,निरीहहरुले बुझ्न सकुन मेरो कविता,
धनाढ्यहरुले पनि बुझ्न सकुन मेरो कविता
अनि सबै सबैले पछ्याउन सकुन
पाइला बनेर मेरो कविता
पाइला बनेर मेरो कविता
नसिकाउ भो साचो कुरा कहनु मैले जानेको छु
गलत नभई सहि ठाउमा रहनु मैले जानेको छु |
हर थोकमा भए जस्तै सहनुको नि सीमा हुन्छ
त्यहि सीमासम्म मात्र सहनु मैले जानेको छु |
सरिताको लक्ष्यसामु चट्टान बन्न खोज्छौभने
.दिशा मोडी सहि दिशा बहनु मैले जानेको छु |
नासिकाउ भो साचो कुरा कहनु मैले जानेको छु
गलत नभई सहि ठाउमा रहनु मैले जानेको छु ||
विरहको धुन रेट्दै कति हिडछौ गाइने दाइ
हुलभित्र गालि भेट्दै कति हिडछौ गाइने दाइ |
एक बिसौनि ओत् छैन यति बिशाल धर्तिमा
जता पायो त्यतै लेट्दै कति हिडछौ गाइने दाइ |
सपना त पक्कै होला सुन्दर संसार् सजाउने
. बाध्यताले रहर मेट्दै कति हिडछौ गाइने दाइ |
विरहको धुन रेट्दै कति हिडछौ गाइने दाइ
हुलभित्र गालि भेट्दै कति हिडछौ गाइने दाइ ||

पार्थक्य 'म'मा
हिज:
आमाको प्रसव वेदनाको चिच्च्याह्टसँग
बाबाको बाबु हुनुको रमाहटसँग 
 जन्मिएकी एक अबोध प्राणी म
  सबैको आँखाकी नानी म|

आज:
जीवन जिउने क्रममा
सृष्टि चलाऊने भ्रममा 

बनिएकी एक अर्धाङ्गिनी म
कसैको हृदयकी रानी म|

भोलि :
'म' जस्तै थुप्रै 'म' लाइ परिभाषित गर्न
मेरो गाथालाइ सुमधुर सङ्गित भर्न 

जन्मने नासोको निम्ति ममताकी खानी म
विश्वको निम्ति बन्नेछु एक् प्रेरणाको कहानी 'म'||
जिन्दगीको यात्रामा गलेर हुन्न
पश्चतापको ज्वालामा जलेर हुन्न
इमान्दारी भएर कार्य गर्न पर्छ
आफुले आँफैलाई छलेर हुन्न
समयको घाऊ समयले सेक्छ
... सहन गर्न नसक्दा ढलेर हुन्न
राम्रा सन्तान बन्न सकिन्छ
तर कुपथमा भने चलेर हुन्न   
मेरी मायालु

मनको मझेरिभरी औडाहा बोकेर
मस्तिस्कभरी छरपस्टिएका शब्दजालहरु
मिलाउन तल्ल्लिन रहन्छे मेरी मायालु | 
मेरा जियाइका आरोह-अवरोह उ नित्य चिहाइरहन्छे,
पौरखी कहलाइेका मेरा हातहरु
लागेका छन् उत्थान्तिर कि पतनतिर?
उ सधैं आलर्म बनेर झस्काइरहन्छे |
मेरो अभाव र भोक उसको अभाव र भोक भैइदिन्छ
मेरो पस्चताप र रोग उसको पस्चताप र रोग भैइदिन्छ
उसलाई पनि असह्य हुन्छ कि?
निर्जिव पानाभरी उ मेरा हर्ष-अमर्ष,
दु:ख-पिडा वमन गरे सरह ओकल्न बिवस रहन्छे |
स्वर्निम कल्पना नयनातालमा बसिदिन्छ गजधम्म
सपनाको पर्खाल ढलिदिन्छ ग्वर्लाम्म
छिया-छिया तर उसको मुटु भैइदिन्छ,
पानी नपाई छट्पटिन्छन् कहिले मेरा तिर्खाहरु
दुख्छन् कहिले भित्र-भित्रै नदेखिने गिर्खाहरु
मेरो बचाइको स्पन्दन उसैले छामिदिन्छे|
बेरोजगारिको अङालोमा बाधिएर
आमाको सपना र आफ्नो आकाक्षासँग
मैले गरेको 'कम्प्रोमाइज' उसलाई पटक्कै मन पर्दैन
थाहा छ किन?
डर साँछेकी छे उसले मेरा सन्ततिले पढ्ने ईतिहास
एक लज्जित ईतिहास नबनिदिओस,
ता कि उ नि:शब्द रहन नपरोस |
जान्नु भयो कति 'कन्सियस' रहिछ मेरी कविता
मलाई माया गर्ने मेरी मायालु कविता
मेरी मायालु कविता |
मायाको जग बसाइदिउला छाना बन्छौ कि?
शब्द संगीत सजाइदिउला गाना बन्छौ कि?
निद्रा छैन भोक छैन दिन र रात नि उस्तै
भोक प्यास मेटाइदिउला खाना बन्छौ कि?
अमुल्य छ जोवन मेरो सबैले त भन्छन
.
जोवन कैद गराइदिउला थाना बन्छौ कि?
जिन्दगीको सबै दाउ तिम्रै नाउमा पर्नेछ
भोटे चिडी मिलाइदिउला पाना बन्छौ कि
?



शहर पसी बोक्नलाई डोको किन बिर्सेउ सानु
मनको बह पोख्नलाई सङी किन बिर्सेंउ सानु|
आज यहाँ भोली त्यहा पर्म तिर्न हिंड्ने गर्थेउ
हिलो खेल्दै रोप्नलाई असार किन बिर्सेंउ सानु|
गाउ घरमा प्रेम बाड्दै आत्मियता साट्ने गर्थेउ
. बाउ आमा ढोग्नलाई संस्कार किन बिर्सेंउ सानु|
हासो मेरो पहिचान हो लज्जा मेरो शान भन्थेउ
तिम्ले आज ढाक्नलाई इज्जत किन बिर्सेंउ सानु|
शहर पसी बोक्नलाई डोको किन बिर्सेउ सानु
मनको बह पोख्नलाई सङी किन बिर्सेंउ सानु|
 
काली भने'नी मलाई गोरी भने'नी 
फरक नपर्ला नकचरी छोरी भने'नी  
गाई हिड्छु बन पाखा आफ्नै सुरमा
                                                                         फरक नपर्ला गीतलाई लोरी भने'नी
 


मिठो बोली हास-खेल सबैसँग गर्छु

फरक नपर्ला उत्ताउली मोरी भने'नी
काली भने'नी मलाई गोरी भने'नी 
फरक नपर्ला नकचरी छोरी भने'नी