Sunday 27 November 2011

मेरी मायालु

मनको मझेरिभरी औडाहा बोकेर
मस्तिस्कभरी छरपस्टिएका शब्दजालहरु
मिलाउन तल्ल्लिन रहन्छे मेरी मायालु | 
मेरा जियाइका आरोह-अवरोह उ नित्य चिहाइरहन्छे,
पौरखी कहलाइेका मेरा हातहरु
लागेका छन् उत्थान्तिर कि पतनतिर?
उ सधैं आलर्म बनेर झस्काइरहन्छे |
मेरो अभाव र भोक उसको अभाव र भोक भैइदिन्छ
मेरो पस्चताप र रोग उसको पस्चताप र रोग भैइदिन्छ
उसलाई पनि असह्य हुन्छ कि?
निर्जिव पानाभरी उ मेरा हर्ष-अमर्ष,
दु:ख-पिडा वमन गरे सरह ओकल्न बिवस रहन्छे |
स्वर्निम कल्पना नयनातालमा बसिदिन्छ गजधम्म
सपनाको पर्खाल ढलिदिन्छ ग्वर्लाम्म
छिया-छिया तर उसको मुटु भैइदिन्छ,
पानी नपाई छट्पटिन्छन् कहिले मेरा तिर्खाहरु
दुख्छन् कहिले भित्र-भित्रै नदेखिने गिर्खाहरु
मेरो बचाइको स्पन्दन उसैले छामिदिन्छे|
बेरोजगारिको अङालोमा बाधिएर
आमाको सपना र आफ्नो आकाक्षासँग
मैले गरेको 'कम्प्रोमाइज' उसलाई पटक्कै मन पर्दैन
थाहा छ किन?
डर साँछेकी छे उसले मेरा सन्ततिले पढ्ने ईतिहास
एक लज्जित ईतिहास नबनिदिओस,
ता कि उ नि:शब्द रहन नपरोस |
जान्नु भयो कति 'कन्सियस' रहिछ मेरी कविता
मलाई माया गर्ने मेरी मायालु कविता
मेरी मायालु कविता |

No comments:

Post a Comment