Friday 27 January 2012

मेरो घर (बाल-कविता)

फलामको लामो रड
इस्टिलको छ तार
दुवै मिलाई बिछ्याउदा
  त्यस्ले लियो भार।

ढुङ्गा फुटाइ गिटि बन्यो
बालुवा चाल्दा बज्री
सिमेन्ट मिसाइ ढलाई गर्दा
छाना भयो पक्कि।

राता राता इटा जोडियो
एक पछि अर्को
गन्दा अल्छि लाग्यो
मलाई भयो झर्को।

हेर्दा हेर्दै कति राम्रो
बन्यो मेरो घर
बन्छ अब फुलबारी
अनि लाउछु बार।।
हिसाब (बाल्-कविता)

सबैसँग मिल्न थाल्दा
साथी बड्न थाल्यो
रिसराग फाली दिदा
 शत्रु घट्नु थालयो ।

राम्रो बानी गुणा गर्दा
सबैजना खुशी भए
नराम्रो बानी भाग गरे
औधी माया पाए ।

कति सजिलो रैछ हिसाब
ध्यान लगाइ गर्दा
सबको प्यारो बन्न थाले
मन लाएर पड्दा ।।
म ज्ञानी केटी (बाल कविता)

कोरिबाटी सिनिक्कै
रातो रिबिन चिटिक्कै
धुलो पुछ्पाछ् गरेर
  कालो जुत्ता टिलिक्कै।
अल्झुला है लेशैमा
कसिदिनु टिनिक्कै
स्कुल जान्छु छेउ लागि
नसुर्ताउनु फिटिक्कै।
अलमल कतै गर्दिन
रात पर्छ झिमिक्कै
खाजा बनाइ बस्नु है
आइपुग्नेछु मिलिक्कै।।
बिद्रोहको बाँध हेर लौ फुटाइ छाड्यो प्रकृतिले
बहुतल्ले भवनलाई नि टुटाइ छाड्यो प्रकृतिले
पत्याउनु पर्ने सामर्थ्य नपत्याउनु गल्ती भयो
धन,ज्यान समेत हेर लुटाइ छाड्यो प्रकृतिले
मान्छे भएर बिबेक छैन एकतामा बसौ भन्ने
झरी,पैह्रोलाई एकैसाथ जुटाइ छाड्यो प्रकृतिले
सन्तुलित रहोस धरा अब पोलिथिन बन्द गरौ
नत्र त मानवको साथ छुटाइ छाड्यो प्रकृतिले

Wednesday 18 January 2012

आह्वान

१ अपरिहार्य मानिलेऊ
चाहिएको थियो,चाहिएको छ
र चाहिनेछ नित्य नै
म बिना तिम्रो डेग चल्दैन
सहानूभुति तिमीप्रती छँदैछ नि
म पनि तिमी बिना
अधुरो नै रहन्छु,त्यसैले
आऊ हातमा हात मिलाऊ। 

२)प्रगतिपथ पहिल्याइ सकेका
मेरा पाइलाहरुलाई 
कस्ले रोक्न खोजिरहेछ हँ?
मलाई चिनेनौ कि के हो
फ्लोरेन्स र सुनिता चिनेका छैनौ
मदर र सरोजिनी पनि चिनेकै छैनौ
जाऊ ईतिहासको पाना पल्टाऊ
तब तिमी भन्न सक्छौ
आऊ काधमा काध मिलाऊ ।

३)फुत्त फुत्कने चिप्लो बर्तमान
समाएर बस्न कति खोज्ने?
बाध्यताको आङमा चडेर
विवशता रमाउन पनि कति खोज्ने?
किचिएर,थिच्चिएर,पिल्सिएर बस्नु परेको बिरुद्ध
तिमी तिम्रो अधिकार चिच्च्याउछौ
म मेरो अधिकार चिच्याउछु
हाम्रो अधिकार चाँही कसले माँग्ने हँ?
त्यसैले आह्वान गरे है त
फोस्रो निती र ब्यवस्था बिरुद्ध
आऊ बातमा बात मिलाऊ ।
आऊ काधमा काध मिलाऊ।
आऊ हातमा हात मिलाऊ।।

Tuesday 17 January 2012

परिचय (बाल कविता)

रुख काटिन्छ धरानमा
बन्छ हतियार आरनमा
घरलाई सुन्दर बनाउन
फुल रोपिन्छ आगनमा ।
दुध ल्याउछन ग्वालाले
दही जमाउछन ठेकिमा
मन दिई पढ्ने छात्रछात्रा
पडाउने गुरुबा गुरुमा ।
चरा बस्छन गुंड बनाइ
मह काड्छन मौरी डुंड्मा 
घुम्न जानलाई गाडी छ
समय बताउने घडी छ ।
बच्चालाई के भन्छन? (बाल-कविता)

मानिसको छोरा छोरी
गाईको बाछी बहर ।
कुकुर अनि बिरालोको
बच्चा छाउरा छाउरी ।
मानिसलाई झै गैडाको चाँही
भन्छन केटा केटी ।
कुखुराको चल्ला जन्मन्छ
अन्डाबाट फुटी ।
बाघको बच्चा डमरू हो
हात्तीको चाँही छावा ।
सबै कुरा साचो नै हो
नठान्नु है हावा ।

Friday 13 January 2012

http://www.pallawa.com.np/

http://www.nepaliarticles.com/
नयाँ बर्षमा यस्तै होस् .....

जीवन जिउने क्रममा हाँसो, आँसु, खुशी, आशा, निराशा, सफलता, असफलता आदि क्रमैसँग लुकामारी खेल्न त आउने नै छन् सफलतामा हाँस्न सके सरह असफलतालाई प्रेरणा मान्न सकुँ, आशाका आकाशमा निराशाका बादलले छेकेछ भने पनि कर्तब्य बिमुख नबनी एक दृष्‍टि उज्यालो नित्य मुस्काउन सकुँ।
"जीवन बित्न त त्यसै पनि बित्छ नै तर जीवनलाई बाँच्न सकौ, स्पर्श मात्र होइन अनुभव गरौ, हेर्नु मात्र होइन गहिरिएर सोचौँ, सुन्न मात्र हैन ध्यानले सम्झने पनि गरौँ "-- जोन एच रोडस

मेरो सोच्ने क्षमताको नित्य बिकास होस्।
लघु कथा 

बन्धकी

उन्नाइस बर्षपछि बिदेशिएको महेश आफ्नो गाउ फर्कन्छ। साथी-भाइसँग भेट्ने क्रममा उ रमेशको घरमा पुग्छ। अतितका पाना पल्टाउदै दुवै खुबै मज्जाले गफ्फिन थाल्छन। यतिकैमा बाहिरबाट रमेशको छोरा आइपुग्छ। साथीलाई आफ्नो छोरा चिनाउदै रमेश भन्छ "यस बर्ष बि एस सि सिद्ध्यायो अब एम एस सि गर्छ हरे।" तर ... महेश भने छोरालाई हेरेर केही छक्क पर्दै रमेशलाई प्रश्न गर्छ -"हन आमा बाउ त दुवै अग्ला छौ छोरा चाँही किन पुड्को"? रमेशले हाँस्दै हाँस्दै उत्तर दिन्छ "साथी तीन बर्षको उमेरदेखि पडाइको उचाइ बडाउनलाई दिनहु बोक्ने किताबको ठेलिसँग यसको शारीरिक उचाइ बन्धकी राखीदिएको छ नि त।" दुवै हास्छन गललल.....
घर बनाउन थाले पछि काँटी पाउन गाह्रो नहोस्
आफ्नो अस्तित्व बचाउने आँटि पाउन गाह्रो नहोस्।
असलिको रुप रङमा नकली सुनले भाउ पाए पनि
दुलहिको शोभा बडाउने खाँटी पाउन गाह्रो नहोस्।
पिज्जा, बर्गर,बिर्यानीसबको फेब्रेट भए नै पनि
   गुन्द्रुक, ढेडो निलिदिने घाँटी पाउन गाह्रो नहोस्।
घर बनाउन थाले पछि काँटी पाउन गाह्रो नहोस्
आफ्नो अस्तित्व बचाउने आँटि पाउन गाह्रो नहो
स्।

जाडो महिना (बाल -कविता)

चारैतिर जाडो छ
पढ्न लेख्न गाह्रो छ
न्यानो मफलर घाँटिमा
  न्यानै स्वेटर आङमा छ
कति राम्रो सर गुरुमा
बिद्ध्यालय लामो बन्द छ
खेल्ने कुद्ने ठण्डिमा
बनभोज जाने सल्लाह छ
चिसो धेरै भए पनि
मौसम साह्रै मन पर्छ ।
जुत्ता बिना टाइ र शुट्मा के हिंड्नु ठाँटिएर
ब्यबस्था नै त्यस्तै छ यँहा के गर्नु राँकिएर ।
ट्राफिकनियम कडा छ रे जरिमाना तिराँउछन
आँफु हिड्छन हेल्मेट बिना बाइकमा हाँकिएर ।
धनीको दोष त माफि हुन्छ सम्झौता गरेपछी
. निर्दोषिलाई नै दोषी मान्छन घुसद्वारा ढाँटिएर ।
जुत्ता बिना टाइ र शुट्मा के हिंड्नु ठाँटिएर
ब्यबस्था नै त्यस्तै छ यँहा के गर्नु राँकिएर ।
गीत

हिज आज भेट्घाट किन जुर्दै जुर्दैन
संकेत दिन बाँया आँखा फुर्दै फुर्दैन
माया मार्यौ कि
... माया मार्यौ कि
गुँड बनाइ अन्तैतिर बास सारयौ कि।

साथीसङी झस्काउँछन मलाई जिस्काउँदै
कति कुरौं बाटो अब आँखा रसाउँदै
आशा मारौ कि
आशा मारौ कि
गोड्मेल विश्वासलाई अझ गरौ कि ।

भदौको दर्कने झरी पुषमा त दर्कन्न
आउ है माया चाडै भेट्न कालले पर्खन्न
माया मार्यौ कि
माया मार्यौ कि
गूड् बनाइ अन्तैतिर बास सारयौ कि।
चाह्याबेला साईनो लगाइ जात जोडी दिन्छ
फुलमात्र कहाँ हो र झारपात गोडी दिन्छ ।
लिन पर्ने जे छ सबै लिएर नै त छोड्छ
दिन पर्दा भने आफ्नो हात मोडी दिन्छ ।
खानलाई बाचा कसम खाएकै हुन्छ त्यहाँ
. स्वार्थ पुरा गर्नलाई तर बात तोडी दिन्छ ।
यहाँ यस्तै हुन्छ हजुर यहाँ यस्तै हुन्छ
अँध्यारोमा आफ्नै छाँया साथ छोडि दिन्छ ।
चाह्याबेला साईनो लगाइ जात जोडी दिन्छ
फुलमात्र कहाँ हो र झारपात गोडी दिन्छ ।